बैंक र एनजिओमा पनि अब अख्तियारले छानबिन गर्न पाउने

काठमाडौँ, असार २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पब्लिक कम्पनी र राष्ट्रिय(अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था (एनजिओ–आइएनजिओ) मा समेत अनुसन्धान गर्न पाउने अधिकार दिन लागिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा भ्रष्टाचार निवारणसम्बन्धी नयाँ ऐनमार्फत आयोगको क्षेत्राधिकार विस्तार गर्न लागिएको हो।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले सो ऐनको विधेयक स्वीकृत गरी संसद्मा पेस गर्ने निर्णय गरेको हो।

विधेयकमा अख्तियारले पब्लिक कम्पनी तथा एनजिओ–आइएनजिओमा समेत छानबिन गर्न सक्ने अधिकार राखिएको छ। अख्तियारले यस्तो अधिकार माग गर्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्