निजगढ विमानस्थल निर्माणको लागि यस्तो आयो वैकल्पिक ढाँचा, पाँच वर्षमा काम सकिने


काठमाडौँ , असार २५। बाराको निजगढमा प्रस्तावित दोश्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल आयोजनाको सिमरा कार्यालयले वन र वातावरणको कम क्षति तथा लगानीसमेत घट्नेगरी वैकल्पिक ढाँचा सार्वजनिक गरेको छ।

सरकारलाई अघि बढाउनै सकस बनेको दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणमा एकातर्फ रुख कटानको विवाद छ भने अर्को्तिर लगानी कसरी जुटाउने भन्ने चिन्ता छ।

‘सरकारलाई सघाउन वैकल्पिक र उत्तम उपायसहितको अवधारणा ल्याएका छौँ,’ आयोजना प्रमुख ओम शर्माले भने, ‘निर्माण मोडालिटी, स्रोत व्यवस्थापन र वातावरणीय मुद्दा व्यवस्थापनका विकल्पहरु यस अवधारणामा समाविष्ट छन्।

आफूले प्रस्तुत गरेको विकल्पमा गए आगामी पाँच वर्ष्भित्रै विमानस्थ निर्माण गरी सञ्चालन गर्न सकिने उनको दाबी छ।
शर्माका अनुसार अवधारणाअन्तर्गत पहिलो पाँच वर्षमा एउटा धावनमार्ग र टर्मिनल भवनलगायतका संरचना बनाएर विमानस्थल चलाउन सकिन्छ।

कुल एक खर्ब १० अर्ब रुपैयाँ लगानीबाट पहिलो चरणको काम सकिने उनको आकलन छ।

यसको लागि वार्षिक ३० अर्ब स्रोत व्यवस्थापन गर्दा पुग्ने उनले बताएका छन्।

पाँच वर्षको पहिलो निर्माण चरणमा १० हजार रुख काट्दा पुग्छ।

प्रतिक्रिया दिनुहोस्