सर्लाही घटनाबारे संसदमा गृहमन्त्रीको जवाफ : देशमा शान्ति सुव्यवस्था कायम गर्न गोली चलाईयो

काठमाण्डौ , असार २४ । गृहमन्त्री रामबहादुर थापा बादलले देशमा शान्ति सुव्यवस्था कायम गर्न गोली चलाउन परेको बताएका छन् ।

उनले देशमा शान्ति सुव्यवस्था कायम गर्न र लोकतन्त्रको रक्षा गर्ने क्रममा सर्लाहीमा प्रहरीले गोली चलाउदा सर्लाही घटना भएको स्पष्टिकरण दिएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सर्लाही घटनाबारे सांसदहरुले उठाएको जिज्ञासाको सम्बोधन गर्दै उनले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा सर्लाहीमा घटना भएको बताएका हुन् ।

सर्लाहीमा विप्लव समूहले चन्दा आतंक मच्चाएको, जनप्रतिनिधिलाई धम्की दिएको र उनीहरुकै मागअनुसार शान्ति सुव्यवस्था, नागरिकको जिउधनको रक्षा गर्न सरकारले कदम चालेको पनि बताए ।

गएको असार ५ गते सर्लाहीमा भएको भनिएको भिडन्तमा विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलको ज्यान गएको थियो । पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको दाबी गर्दै कांग्रेसले सरकारको जवाफ मागेको थियो ।

गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूहका नेता कुमार पौडेल दोहोरो भिडन्तमा नै मारिएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्