प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित, अब कहिले ?
काठमाडौ, असार २४ । प्रतिनिधिसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।
संसद सचिवालले बुधबार एक बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरेको छ ।
प्रतिपक्षी सांसदहरु नाराबाजीमा उत्रदै रोष्टम घेराउ गर्न पुगेपछि १५ मिनेटका लागि स्थगित भएको बैठक त्यसपछि बस्न सकेन ।
यस अघि बिहान बसेको बैठकमा विप्लवका कार्यकर्ता कुमार पौडेल मारिएको घटनाबारे गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त नबुझेको र सो घटनाको छानबिनका लागि संसदीय समिति बनान माग गर्दै विपक्षी सांसदहरु रोष्टम घेर्न पुगेका थिए ।
विपक्षीको माग बमोजिम संसदीय छानबिन समिति बनाउने विषयमा सभामुख कृष्णबहादुर महराले प्रतिवद्धता जनाएपनि नाराबाजी भने रोकिएको थिएन् ।
कांग्रेस र राजपाका सांसदहरुले अहिले नै छानबिन समिति बनाउन माग राख्दै रोष्टम घेराउ गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । तर बस्न भने सकेन र भाली सम्मका लागि बैठक स्थगित हुने पुग्यो ।
प्रतिक्रिया दिनुहोस्