भुटानको गैरआवासीय राजदूतमा निलाम्बर आचार्य नियुक्त

काठमाण्डौ,२३ असार । नेपाल सरकारले भुटानका लागि गैरआवसीय नेपाली राजदूत नियुक्त गरेको छ ।

राष्ट्रपति भण्डारीले भारतका लागि नेपालको आवसीय राजदूतसमेत रहनु भएका निलाम्बर आचार्यलाई भुटानका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको हो ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई राजदूत पदमा नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्