नियामकको नीति कार्यान्वयन गर्न गभर्नर नेपालको निर्देशन

काठमाडौं, २३ असार । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिबी नेपालले नियामकले नीति कार्यान्वयन गर्न लामो समय नदिने बताउँदै बैंकहरुलाई मर्जरमा जान छिटो निर्णय गर्न निर्देशन दिए । गभर्नर नेपालले १० बर्षअघि ५० करोडको पूँजी २ अर्ब पुर्याउन असीमित समय दिँदा पालना नभएको उदाहरणसमेत दिंदै नियामकले नीति कार्यान्वयन गर्न जोड दिए ।
चुक्ता पूँजी २ अर्बबाट ८ अर्ब पुर्याएका गभर्नरले दोस्रो चरणमा मर्जर गर्ने नीति लिएका बेला समय लगाएर मर्जर गर्नु पर्ने सुझाबमा भने, ’असीमित समय कसैलाई हुँदैन। हामीलाई सहयोग गर्नुस्।’

राष्ट्र बैंकले आगामी मौद्रिक नीतिका लागि सोमबार सरोकारवालासँग सुझाब संकलन गर्ने कार्यक्रममा बोल्दै गभर्नर नेपालले मर्जरको नीतिलाई सहयोग गर्न सबै बैंकलाई आग्रह गरेका हुन् ।
गभर्नर नेपालले हिजो तपाईँहरुले नै मर्जर चाहिन्छ भन्नु भयो, मर्जरका लागि सरकारलाई लेखेर सुझाब पनि दिनु भयोु उनले भने, ुअहिले मर्जर नीति ल्याउन लाग्दा भने अस्वभाविक बिरोध जस्तो देखिइरहेको छु। बाहिरका अनेक फोकट्या उदाहरण दिएर मर्जरको बिरोध गर्न खोजेजस्तो लागेको छ ।’

गभर्नरले भौतिक पूर्वाधार र सुचना प्रविधिमा ठूलो लगानीको आवश्यकता औंल्याउँदै संस्था बलियो हुँदा लगानी बढाउन सक्ने भएकाले मर्जरको नीतिलाई औल्याइएको बताए । गभर्नर नेपालले अमेरिकाजस्तो देशमा अहिले मर्जर भइरहेको छ । पूर्वाधार विकास र प्रविधिमा लगानी बढाउनु पूजी वृद्धि आवश्यक भएकाले मर्जरको नीति लिएको दोहोर्याए । उनले नेपालमा पनि प्रविधिमा लगानी बढाउनु पर्छ त्यसलै बैक शक्तिशाली हुन आवश्यक छ । उनले अब सानो लगानीले खासै विकास र प्रविधिको विकास हुन नसक्ने बताए । मर्जरले गर्दा नियामक निकायले पनि निगरानी गर्न सहज हुने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्