सक्रिय भयो मनसुन, देशका धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौँ , असार २३ । मनसुनी न्युन चापीय रेखा नेपालतिर सरेकाले मनसुन सक्रिय भएको छ ।

देशका अधिकांश क्षेत्रको मौसम सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका धेरै क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । विशेषगरी पूर्व र मध्य क्षेत्रमा बढी पानी पर्ने देखिएको छ । पश्चिमका क्षेत्रमा भने केही कम पानी पर्नेछ ।

देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्