अबको केही दिनमै मलेसियाको रोजगारीबारे टुंगो लाग्छ: मन्त्री विष्ट
काठमाडौं, असार २२। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले केही दिनभित्रै मलेसिया रोजगारीबारे टुंगो लाग्ने बताएका छन्।
राष्ट्रियसभाको आइतबारको बैठकमा ’विनियोजन विधेयक २०७६’का सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमाथि उठेका प्रश्न तथा गुनासाबारे जवाफ दिँदै मन्त्री विष्टले मलेसिया रोजगारी अबको केही दिनमै टुंगो लाग्ने बताएका हुन्।
उनले भने, ‘मलेसियाको श्रम समझदारीलाई कार्यान्वयनका लागि आवश्यक प्रकृया अगाडि बढिसकेको छ।’
मन्त्री विष्टले भने ‘सिन्डिकेट हटाउँदै ९९ नयाँ स्वास्थ्य संस्था छनोट गरिसकेको र चित्त नबुझ्नेलाई उजुरीका लागि ३ दिनको अवधि खुल्ला गरिएको छ,’
मलेसिया रोजगारीको टुंगो लाग्न अब लामो समय नलाग्ने मन्त्री विष्टले स्पष्ट पारे।
मलेसिया रोजगारीमा जाने कामदारको सूरक्षाको प्रत्याभूत गरी कामदार पठाइने पनि मन्त्री विष्टले बताए ।
प्रतिक्रिया दिनुहोस्