भीरबाट ४ सय मिटर तल जीप खस्यो, चालकको मृत्यु
काठमाडौं, असार २१ । प्युठानमा भीरबाट जीप खस्दा चालकको ज्यान गएको छ ।
प्युठानको सरुमारानी गाउँपालिका–४ स्थित डाँडापसलस्थित भीरबाट जिप खस्दा सोही जीपका चाकको घट्नास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा सोही सुमोका चालक प्युठान नगरपालिका–९ सालघारीका चन्द्र बहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकीले बताए।
रोल्पाको सुलिचौरबाट दाङको घोराहीतर्फ जाँदै गरेको पाण्डेश्वरी यातायातको रा १ च ६५८ नम्बरको सुमो भीरबाट करिब ४ सय मिटर तल खसेको थियो ।






















प्रतिक्रिया दिनुहोस्