कृषि विकास बैंकले गर्यो लाभांशको घोषणा

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको मिति २०७४/०९/१७ गते सोमबार सञ्चालक समितिको ६७३ औ बैठकले २० प्रतिशत बोनस शेयर र सो मा कर तिर्न १.०५३५ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उपरोक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्क र अगामी साधारण सभाबाट पारीत भएमा शेयरधनिलाई वितरण गरिने जानकारी छ । साथै , बैंकले अग्राधिकार सेयर पुँजीमा नेपाल सरकारलाई ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । हाल , बैंकको साधारण शेयर पुँजी ७ अर्ब ८ करोड ७६ लाख ८० हजार रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस शेयर पश्चात चुक्ता पुँजी ८ अर्ब ५० करोड ५२ लाख १६ हजार रुपैयाँ पुग्नेछ । नेपाल सरकारलै ६ प्रतिशत (५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ) को अग्राधिकार शेयर दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्