जर्मनले नेपालालाई ३ अर्ब २ करोड आर्थिक सहायता उपलब्ध गराउने
काठमाडौँ, असार २० । जर्मनले नेपाललाई ३ अर्ब २ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ । शुक्रबार काठमाडौंमा जर्मनले नेपललाई सो आर्थिक सहायता दिने घोषणा गरेको हो ।
अर्थ सचिव डा.राजन खनाल र नेपालका लागि जर्मनका राजदुत रोलान्ड सेफरबीच शुक्रबार आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
जर्मनले नेपालको सामाजिक–आर्थिक विकासका लागि आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ ।
कार्यक्रममा अर्थ सचिव खनालले नेपालको पूर्वाधार विकास तथा शिक्षा र स्वास्थ्यको क्षेत्रमा जर्मनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे ।
नेपालको दूर्गम क्षेत्रको सौर्य इनर्जी, शिक्षा तथा स्वास्थ्य सेवामा उचित व्यवस्थापन गर्न जर्मनले सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी गरिएको सचिव खनालले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेपालका लागि जर्मनका राजदूत सेफरले नेपालको दुर्गम क्षेत्रको पूर्वाधार विकासका लागि जर्मन सरकार आवश्यक सहयोग गर्न सदा तयार रहेको बताए ।
साथै उनले नेपालको आर्थिक तथा विकास कार्यमा जर्मन सरकार सधैब तयार रहेको समेत बताए ।
प्रतिक्रिया दिनुहोस्