मन्त्री खतिवडा भन्छन् -सरकारले गैरसरकारी संस्थाहरुलाई जवाफदेही बनाउन चाहेको छ

काठमाडौं, असार १९ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले गैरसरकारी संस्थाहरुलाई जवाफदेही बनाउन चाहेको बताएका छन् ।

अर्थमन्त्री खतिवडाले गैरसरकारी संस्थाहरुलाई जवाफदेही बनाउन संघ, प्रदेश र स्थानीय तहमा अनुमति लिएर मात्रै काम गर्ने नीतिगत व्यवस्था गरेको पनि स्पष्ट पारे ।

बिहीबारबाट ललितपुरमा सुरु भएको ‘सार्वजनिक नीति र प्रशासनमा दक्षिण एसिया’ विषयक तेस्रो अन्तरराष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले संघीयतालाई सफल बनाउन तीनवटै तहका सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिएको बताए ।

मन्त्री खतिवडाले संघीयता मुलुकका लागि नयाँ अभ्यास भएपनि त्यसलाई सफल बनाउन सरकारले प्रदेश र स्थानीय तहमा पनि अनुमति लिएर गैरसरकारी संस्थाहरुले पनि काम गर्न पाउने नीतिगत व्यवस्था गरेको स्मरण गराए ।

संविधानले शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानी लगायतलाई मौलिक हकमा राखेकाले त्यसलाई कार्वान्वयनमा लैजान नीति क्षेत्र र गैरसरकारी संस्थाहरुले पनि महत्वपूर्ण योगदान दिन सक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्