जर्मन सरकारले नेपाललाई ३ अर्ब ४ करोड अनुदान दिने
काठमाण्डौ , असार १९ । जर्मन सरकारले नेपाललाई ३ अर्ब अनुदान दिने भएको छ ।
जर्मन सरकारले नेपालको दिगो आर्थिक विकास, नवीकरणीय ऊर्जा र मातृशिशु कार्यक्रमका लागि ३ अर्ब ४ करोड रुपैयाँ अनुदान सहायता दिने भएको हो ।
मातृशिशु मृत्युदर कम गर्न, नवीकरणीय उर्जाको विकास र विस्तार गर्न तथा दिगो र वातावरणमैत्री विकासमा जर्मन सरकारले ३ अर्ब ४ करोड रुपैयाँ अनुदान दिन लागेको अर्थ मन्त्रालयले जनाएको छ ।
अनुदान सहयोगको सम्झौतामा नेपाल र जर्मन सरकारबीच शुक्रबार अर्थ मन्त्रालयमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्