पूँजी बजारले राम्रोसँग काम नगरे हस्तक्षेप गर्ने अर्थमन्त्री खतिवडाको चेतावनी

काठमाडौँ, असार १७ । अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने बताएका छन् ।

अर्थमन्त्री खतिवडाले पूँजी बजार सञ्चालनमा सरकारले रोकावट नगरेपनि त्यसले राम्रोसँग काम नगरे कडा निगरानी राख्ने पनि स्पष्ट पारेका छन्

मङ्गलबारबाट काठमाडौँमा सुरु भएको वित्तीय साक्षरतासम्बन्धि वृहत अन्तर्रा्ष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा पनि पूँजी बजारले राम्रोसँग काम नगरेकाले नियमनकारी निकायलाई निगरानी गर्नुपरेको पनि स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले नेपालमा रेमिट्यान्सको पूँजी परिचालन गर्नेहरुलाई वित्तीय साक्षर बनाउनुपर्नेमा पनि जोड दिए ।

५० लाखभन्दा बढि युवाहरु वैदेशिक रोजगारीमा गएका कारण उनीहरुका परिवारका सदस्यले वित्तीय कारोबार गरेपनि उनीहरुलाई सुरक्षित र भरपर्दो बैंक तथा वित्तीय संस्थाहरुको बारेमा समेत जानकारी नभएको अर्थमन्त्री खतिवडाको भनाई छ ।

उनले महिलाहरु पनि वित्तीय कारोवारमा सङ्लग्न हुने क्रम बढेकाले उनीहरुलाई साक्षर बनाउने काममा पनि लगानी गर्नुपर्नेमा जोड दिए ।

अर्थमन्त्री खतिवडाले बैङ्क तथा वित्तीय संस्थालाई भरपर्दो प्रविधिको प्रयोग गर्न पनि सचेत गराए ।

सम्मेलनमा भारत, अमेरिका, सिंगापुर, थाईल्याण्ड, दक्षिण अफ्रिका, चीन, अष्ट्रेलिया, भुटानसहितका पूँजी बजारका विज्ञहरु, लगानीकर्ताहरु सहभागी भएका छन् ।

नेपाल धितो पत्र बोर्ड र ओईसिडीले वित्तीय साक्षरता बढाउने उद्देश्यका साथ सो दुई दिने अन्तर्रा्ष्ट्रिय सम्मेलन आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्