असारे विकास : १५ दिन यता दैनिक साढे ४ अर्ब खर्च

काठमाडौं, असार १७ । ऐन र संसदीय समितिको निर्देशन विपरीत सरकारले बजेटको अत्यधिक रकम असारमा खर्च गरिरहेको छ ।

असारका १५ दिनको तथ्यांक हेर्दा दिनहुँ औसतमा साढे ४ अर्ब रुपैयाँका दरले बजेट खर्च भइरहेको छ । आर्थिक वर्षको सुरुका महिनामा खर्च नगर्ने र असार लागेपछि अत्यधिक खर्चिने प्रवृत्ति रोक्न यसै वर्ष संसदको अर्थ समितिले अन्तिम महिनामा कुल बजेटको १० प्रतिशतभन्दा बढी खर्च गर्न नपाइने व्यवस्था गरेको छ ।

तर, १५ दिनमै बजेटको ५.२१ प्रतिशत खर्च भइसकेकाले संसदीय समितिको निर्देशन र अन्य कानुनी व्यवस्था सरकारले उल्लंघन गर्ने निश्चित जस्तै छ ।

प्रतिक्रिया दिनुहोस्