४ पूर्व आईजीपीलाई विशेष अदालतकाद्वारा सफाइ
काठमाडौं, १६ असार । भ्रष्टाचारको मुद्दामा मुछिएका सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षक (आईजीपी)ले मुद्दामा सफाइ पाएका छन् ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले पूर्वमहानिरीक्षक कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, बासुदेव ओली र सनतकुमार बस्नेतलाई सफाइ दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्