१५ असारमा पुर्ख्यौली थलोमा डा बाबुराम भट्टराई नै हली बनेपछि…. (फोटोसहित)
काठमाडौं, असार १५ । सरकारले असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरेको छ ।
’मानो रोपेर मुरी उब्जाउने’ महिनाको सुरुवात अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ।
कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन्।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने रोपाई गर्न गृहजिल्ला गोरखा पुगेका छन् । उनले आफ्नो पुर्ख्यौली थलोमा रोपाई कार्यक्रममा सहभागी भएर १५ असार मनाएका छन्।
पालुङछार नगरपालिका १ र सफल मल्टिपर्पोज कृषि फार्मको आयोजनामा रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको उनले ट्विटरमा उल्लेख गरेका छन् ।
रोपाई कार्यक्रममा भट्टराईले खेत साउने, बाउसे गर्ने र रोप्ने काम गरे । उनले किसानकै भेषमा छत्रे टोपी सर्ट र हाफ पाइन्ट लगाएर रोपाईमा सहभागी भएका थिए ।
यसै सन्दर्भमा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले पनि धान दिवसका अवसरमा हिलोआली गरेका छन्।
उनले हिल्याएको ठाउँमा दाँदे लगाउँदै गरेको तस्बिर आफ्नो फेसबुक पेजमा राखेका छन्।
प्रतिक्रिया दिनुहोस्