यौनहिंसा विरुद्ध हलिउडका महिलाले थाले ‘टाइम्स अप’ अभियान

एजेन्सी – अमेरिकी चलचित्र उद्योग र अन्य क्षेत्रमा हुने गरेको यौनजन्य हिंसा तथा दुव्र्यवहार विरुद्ध लड्न तथा समस्यामा परेकाहरुलाई सहयोग गर्न हलिउडका महिलाले अभियान सुरु गरेका छन् ।

तीन सय भन्दा बढी हलिवुड अभिनेत्री, लेखिका तथा निर्देशकले यौनजन्य हिंसा विरुद्ध लड्न ‘टाइम्स अप’ अभियान सुरु गरेका हुन् । न्युर्योक टाइम्स पत्रिकामा विज्ञापन प्रकाशित गरेर हलिउडका महिलाले यो अभियान सुरु गरेका हुन् ।

मनोरञ्जन उद्योगका महिलाबाट सुरु भएको परिवर्तनको लहर अरु क्षेत्रमा काम गर्ने महिलालाई पनि एकीकृत गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो । सन् २०१७ मा हलिवुड चलचित्र निर्माता हार्वी वाइन्स्टिनमाथि विभिन्न अभिनेत्रीहरुले यौनदुव्र्यवहारको आरोप लगाएपछि यौनहिंसा विरुद्ध बोल्ने बाहिर आउने क्रम सुरु भएको छ ।

यौनहिंसामा परेकाहरुको कानुनी उपचारमा सहयोग गर्ने अभियानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्