विशालु च्याउ खाँदा १ जनाको मृत्यु, ३ बेहोस , हेलिकप्टरबाट उद्धार गर्ने तयारी

काठमाडौं, असार १३ । विशालु च्याउ खाँदा मकवानपुरमा एक जनाको ज्यान गएको छ भने ३ जना बेहोस भएका छन् ।

पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दाराङमा विशालु च्याउ खाँदा एक किशोरीको ज्यान गएको हो भने परिवारका अन्य तीनजना बेहोस छन् ।

तीनदिन अघि खाएको जंगली च्याउको कारण १३ वर्षकी बुञ्जीमाया चेपाङको मृत्यु भएको हो ।

च्याउ खादा उनको बुबा ४५ वर्षका दीपबहादुर, दाई १९ वर्षका बच्चालाल र भाइ ७ वर्षका बाल्टा बेहोस भएका प्रहरीले जनाएको छ ।

उनीहरुलाई हेलिकप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको प्रदेश ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्