एसईई परीक्षमा सहभागी ५० जना विद्यार्थीको नतिजा रद्द

काठमाडौं , असार १२ । एसईई परीक्षामा ५० जना विद्यार्थीको नतिजा रद्द भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार ०७५ सालको एसईई परीक्षामा सहभागी ५० विद्यार्थीको नतिजा रद्द भएको हो ।

दुई जना विद्यार्थीको सबै विषयको नतिजा रद्द भएको छ भने ४८ जनाको एउटा विषयको मात्रै नतिजा रद्द भएको छ ।

परीक्षा मर्या्दित र अनुशासित भए पनि केही केन्द्रमा मर्यादा उल्लंघन भयो ।

मर्यादा विपरीत कार्य गर्ने एकजना र गलत विवरण भरेर आवेदन गर्ने एकजना गरी दुईजनाको सबै विषय रद्द गरियो’ परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने, ‘दुईजनाको सबै विषय र ४८ जनाको एक विषय गरी कुल ५० जनाको परीक्षा रद्द भएको छ ।’

यसैबचि अन्य कारणले नतिजा आउन नसकेका विद्यार्थीहरुको हकमा भने सम्बन्धित विद्यालय र विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न सक्ने अधिकारीले बताएका छन् ।

कतिपय विद्यार्थीको सिम्बल नम्बर अस्पष्ट भएकाले नतिजा आउन नसकेको उनले बताए ।

केही विद्यार्थीको प्रयोगात्मक परीक्षाको नम्बर प्राप्त नभएकाले नतिजामा गडबडी भएको छ भने केही विद्यार्थीको चाहिँ तोकिएको उमेर नपुगेका कारण नतिजा रोकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षा नियन्त्रक अधिकारीले विहीबार पत्रकार सम्मेलनमा भने, ‘परीक्षामा त्रुटि नहोस् भनेर सक्दो सावधानी अपनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्