छिट्टै काठमाडौं– निजगढ दूर्तमार्गको डिपीआर स्वीकृत हुन्छ : मन्त्री महासेठ

काठमाडौं, असार १२। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं– निजगढ दूर्तमार्गको डिपीआर छिट्टै स्वीकृत हुने बताएका छन् । उनले आयोजनाको डिपीआर सरकारले छिट्टै स्वीकृत गर्ने बताएका हुन् ।

मन्त्री महासेठले सो आयोजनाको डिपीआर नेपाली सेनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पेश गरेको स्वीकार गर्दै त्यसलाई छलफल गरेर छिट्टै स्वीकृत गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बिहीबार संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै उनले डिपीआरको अभावमा सो आयोजनाको काममा कुनै अवरोध नभएको दावी पनि गरे ।

यता, नेपाली सेनाले भने सो आयोजनाको डिपीआर स्वीकृत नहुँदा काममा ढिलाई हुने देखिएको जनाएको थियो । तर मन्त्री महासेठले डिपीआरको अभावमा सो आयोजनाको काममा कुनै अवरोध नभएको दावी गरेका छन् ।

उनले तोकिएकै समयमा सो आयोजनाको काम सम्पन्न हुने गरी सरकारले आवश्यक सबै व्यवस्था नेपाली सेनालाई मिलाई दिएको पनि समितिलाई जानकारी दिए ।

डिपीआरको गहिरो अध्ययन गरेपछि सरकारले त्यसलाई स्वीकृत गर्ने मन्त्री महासेठको भनाई छ ।

मन्त्री महासेठले सरकारले हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाएको पनि बताए ।

बैठकमा समितिका सदस्यहरुले काठमाडौं–निजगढ दू्रतमार्ग आयोजनाको डिपीआर स्विकृत नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।

उनीहरुले छिटो भन्दा छिटो डिपिआर स्विकृत गर्न आग्रह सकेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्