५ भारतीयको नागरिकता रद्द गरिने, यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका २० निर्णय

काठमाडौं, असार १२ । सरकारले झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएका भारतीय नागरिकको नागरिकता रद्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले यसबारे जानकारी गराएका हुन्। उक्त कार्यमा संलग्न कर्मचारीलाई पनि कानुन बमोजिम कारबाही गरिने उनले बताए।

सप्तरी जिल्ला प्रशासनबाट जीवनकुमार सिंह, धनुषाबाट धर्मेन्द्र ठाकुर र अजयकुमार ठाकुर, रौतहटबाट जमुना राउत भनिने यमुना सिंह र कृपाली सिंहले झुटा कागजाज पेस गरी नेपाली नागरिकता लिएका थिए।


त्यसैगरि सरकारले सेनाका ५ जना प्रमुख सेनानीलाई महासेनानीमा पदोन्नती गर्ने निर्णय गरेको छ । असार ५ र ८ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।


बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकको ५ जना सेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिए ।


सेनानी प्रज्वल शमसेर रायमाझीसहितका ५ जनालाई महासेनानीमा बढुवा गरिएको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले बताए ।

बैठकले सप्तरी र धनुषाबाट नक्कली विवरण पेश गरी नेपाली नागरिकता लिने २ जना भारतीय नागरिकलाई कानुन बमोजिम कार्बाही गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्