नेपाल एअरलाइन्सले अब जापानसँगै चीन र साउदीमा पनि उडान गर्ने

काठमाडौं, असार १२ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले जापानसँगै चीन र साउदी अरेबियाका गन्तव्यमा उडान गर्ने भएको छ ।

आगामी भदौ दोस्रो सातादेखि जापानको ओसाका उडान गर्ने तयारीमा रहेको निगमले क्रमशः साउदी अरब र चीनमा थप नयाँ गन्तव्य विस्तार गर्न लागेको हो ।

निगमले साउदी उडानका लागि जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्तिका लागि केही दिनअघि बोलपत्र आह्वान गरिसकेको छ ।

यात्रीदेखि कार्गो एजेन्टका लागिसमेत ग्लोबल बोलपत्र आह्वान गरेको हो । जीएसएको टुंगो एक महिनाभित्र लाग्ने निगमले जनाएको छ ।


निगमले अहिले भारतको नयाँदिल्ली, बैंग्लोर, मुम्बई, मलेसिया, सिंगापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ ।

जीएसए प्रक्रिया पूरा गरी दसैंअघि नै साउदी अरबको रियाद विमानस्थलमा जहाज उडान गर्ने तयारी गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले बताए ।


साउदीमा विशेषगरी रोजगारीका लागि जाने नेपाली युवालाई लक्षित गरेर उडान गर्न लागिएको छ ।

सकेसम्म दसैंअघि नै रियाद विमानस्थलमा जहाज उडान गर्ने योजनाका साथ आवश्यक कागजी प्रक्रिया पूरा गरिसकेको निगमले जनाएको छ ।


निर्धा्रित् योजनाअनुरुप निगमले भदौ १२ गते (२९ अगष्ट २०१९) देखि काठमाडौं–ओसाका सीधा नियमित उडान गर्ने तयारी गरेको छ ।


निगमले उडान गर्ने योजनाले भने यात्रुहरुलाई सजिलो र सहज हुने भएको छ ।
रोजगारीका लागि जाने नेपालीहरुलाई लक्षित गरेर उडान गर्न लागिएकाले केहि सहज हुने अपक्षा लिएको छ ।

यो गन्तब्यमा निगमले साताको तिन दिन उडान गर्ने भउको छ ।

सोमबार, बुधबार र शुक्रबार उडान गर्ने योजना रहेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्