एसईईको नतिजा आज सार्वजनिक हुने, यसरी हेर्न सकिन्छ

काठमाण्डौ , असार १२ । राष्ट्रिय परीक्षा बोर्डले यसपटकको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ ।

नतिजा प्रकाशन गर्ने निर्णय गर्न दिउँसो १ बजे बोर्ड बैठक बोलाइएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए । बैठकले निर्णय गरेपछि नतिजा सर्वाजनिक गरिने उनको भनाइ छ ।

गएको चैत १० गतेदेखि चलेको परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए । एसईईको नतिजा परीक्षा बोर्डको वेबसाइट
www.see.gov.np मा परीक्षाफल हेर्न सकिने बोर्डले जनाएको छ ।

यस्तै, १६०० मा फोन गरेर थाहा पाउन सकिने नतिजा हेर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्