मन्त्री पण्डितले भने- संघीय निजामति सेवाको पदपूर्तिका लागि शत प्रतिशतलाई भागबण्डा गर्न सकिँदैन
काठमाण्डौ , असार ११ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय निजामति सेवाको पदपूर्तिका लागि शत प्रतिशतलाई भागबण्डा गर्न नसकिने बताएका छन् ।
संघीय संसद, प्रतिनिधिसभा अन्तरगत राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उहाँले ५५ र ४५ प्रतिशतको आधार भित्रबाटै छलफल गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।
संघीय निजामती सेवाको पदपूर्तिका क्रममा संंविधानले व्यवस्था गरे अनुसार समावेशी समानुपातिक प्रतिनिधित्व गराउनै पर्ने विषय धेरै संवेदनशील भएकाले तत्काल शत प्रतिशतलाई भागबण्डा गर्नसक्ने अवस्था नरहेको उहाँले स्पष्ट पारे ।
प्रदेश र स्थानीय तहका एक एक पदलाई लिएर कुनै पनि धारणामा अडिग नरहन पनि उनले आग्रह गरे ।
उनले भने े, यो बडो सेन्सिटिभ विषय पनि हो । अहिले सयमा सय प्रतिशतलाई भागबण्डा गरेर जान सकिने स्थिति छैन । ५५ र ४५ को भित्र व्यापक छलफल गरेर प्रतिशत निर्धारण गरेर जति सहमतिमा पुग्न सक्यौँ त्यत्ति राम्रो हुन्छ । धेरै यसमा वादविवाद र तितो पिरो गरेर जानुपर्ने स्थिति छैन । यसमा धेरै रिजिड बन्नुपर्ने स्थिति पनि छैन ।
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको बुँदा ८ अन्र्तगत संघीय निजामती सेवाको पदपूतिको विषयमा समितिले विभागीय मन्त्रालयसँग छलफल गरेको हो ।
प्रतिक्रिया दिनुहोस्