लागुऔषध दुरुपयोगको समस्या नेपालका लागि चुनौतीपूर्ण: गृहमन्त्री थापा

काठमाण्डौ , असार ११ । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्रा्ष्ट्रिय दिवस आज नेपालमा पनि मनाइएको छ ।

दिवसका अवसरमा नेपालमा पनि सप्ताहव्यापी विविध कार्यक्रम गरिएको छ । यो वर्ष नेपालमा समृद्ध राष्ट्र निर्माणका लागि लागू औषधरहित स्वास्थ्य जीवन भन्ने नाराका साथ यो दिवस मनाइएको हो ।


यस सन्दर्भमा गृह मन्त्रालय लागुऔषध नियन्त्रण शाखा मूल आयोजक समितिले राजधानीमा विशेष कार्यक्रम गरेको छ ।

राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा लागुऔषधको प्रयोगले व्यक्तिको जीवन, परिवार र समग्र समाजलाई पर्ने असरका बारेमा जनचेतनामूलक नाटक प्रस्तुत गरिएको छ ।

महाशाखाले जनचेतनामुलक निबन्ध तथा नाटक प्रतियोगिता गरेको थियो ।

कार्यक्रम अघि बुधबार बिहान जनचेतनामूलक प्रभातफेरी पनि गरिएको थियो ।

भृकुटीमण्डपबाट सुरु भएको चेतनामूलर्क याली भद्रकाली शहीदगेट, सुन्धारा, न्यूरोड, शान्ति वाटिका हुँदै राष्ट्रियसभा गृह पुगेको थियो र्। यालीमा लागुऔषधको क्षेत्रमा काम गर्दै आएका संघ(संस्थाका प्रतिनिधिलगायत सर्वसाधरणको उपस्थिति थियो ।

यसैबिच गृहमन्त्री राम बहादुर थापाले लागुऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रण नेपालका लागि पनि चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।

लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्रा्ष्ट्रिय दिवसको अवसरमा बुधबार काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले विश्वव्यापी समस्याको रुपमा रहेको लागुऔषध दुरुपयोगको समस्या नेपालका लागि पनि चुनौतीपूर्ण रहेको बताएका हुन् ।

उनले भने , ’लागुऔषध समस्या र अन्तर्नि्हित चुनौतिको तुलनामा हाम्रा प्रयासहरु पर्याप्त छैनन् । नेपालको भौगोलिक परिस्थिति, खुला सीमानाका कारण पनि लागुऔषध दुरुपयोग र ओसारपसारको समस्या चुनौतीपूर्ण छ ।’

सकारले कानुन कार्यान्वयन गर्ने सुरक्षा निकाय र संस्थागत निकायको क्षमता अपेक्षित रुपमा विकास गर्न नसकेको, अपराधको निगरानी, सूचना प्रणाली, अनुसन्धान र अभियोजनलाई वैज्ञानिक र स्रोत साधन सम्पन्न पार्न नसकेको उनले स्वीकार गरे ।

कानुनको सफल कार्यान्वयनसँगै रोकथाममूलक प्रयासलाई पनि जनस्तरसम्म पुर्याउन नसकिएको भन्दै उहाँले नागरिक समाजको साथै सबै वर्ग र तहलाई सहयोग गर्न आग्रह गरे ।

लागुऔषध दुरुपयोग र अवैध कारोबार बहुआयामिक समस्या भएकाले कानुनी र चिकित्सकीय उपचारसँगै सामाजिक तथा मनोवैज्ञानिक समाधान पनि आवश्यक रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्