काठमाडौं महानगरपालिकाले ल्यायो साढे १५ अर्बको बजेट
काठमाडौं, असार १० । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६र७७ को बजेट सार्वजनिक गरेको छ ।
महानरपालिकाले आगामी आवका लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँ बराबर बजेट विनियोजन गरेको हो ।
महानगरपालिकाले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै शीर्षकगत रुपमा त्यस क्षेत्रमा सबैभन्दा धेरै ५ अर्ब ३१ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ।
त्यसैगरी, अन्य प्राथमिकताका क्षेत्रमा सामाजिक विकास कार्यक्रमका लागि १ अर्ब ५२ करोड रुपैयाँ र शिक्षा क्षेत्रका लागि १ अर्ब ३४ करोड रुपैयाँ छुट्याएको छ।
महानगरपालिकाले बजेटसँगै करको नयाँ दर पनि सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्षबाट लागू हुने गरी महानगरपालिकाले ०.०१० प्रतिशतदेखि ०.६ प्रतिशतसम्म सम्पत्ति कर निर्धारण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्