ललितपुर महानगरले ल्यायो ५ अर्ब १७ करोडको बजेट
काठमाडौं , असार १० । ललितपुर महानगरपालिकाले ५ अरब १७ करोड बराबरो बजेट ल्याएको छ । महानगरले आगामी आर्थिक वर्ष २०७६र७७ को लागि ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट ल्याएको हो ।
हानगरका मेयर चिरिबावु महर्जनले मंगलबार महानगरको नगरसभामा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् ।
महानगरले आगामी आर्थिक वर्षका पूर्वाधार विकासमा प्राथमिकता दिएर बजेट ल्याएको छ । महानगरले ल्याएको ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट मध्ये पूर्वाधार विकासमा मात्रै २ अर्व ७ करोड ३६ लाख ३ हजार बजेट विनियोजन गरिएको मेयर महर्जनले बताए ।

मेयर महर्जनका अनुसार कूल बजेटको करिब ३९ प्रतिशत रकम पूर्वाधार विकासका लागि विनियोजन गरिएको हो । महर्जनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै चालु खर्चका लागि कुल बजेटको २१.७४ प्रतिशत अर्थात १ अर्व १२ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको बताए ।
यसैगरी आर्थिक विकासका लागि भन्दै महानगरले ७५ करोड ३४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने संस्थागत विकास र सुशासनका लागि २ करोड २५ लाख बजेट छुट्टाएको छ ।
उता सामाजिक विकासका लागि भने १६ करोड ८४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । वातावरण तथा विपद् व्यवस्थापनमा लागि खर्च गर्ने भन्दै महानगरले १६ करोड ५५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको मेयर महर्जनले बताए ।
महानगरले बजेट सार्वजनिक गरे पन पिारित भने भएको छैन । नगरसभाको बन्द शत्रमा छलफल गरेर बजेट पारित हुनेछ ।
प्रतिक्रिया दिनुहोस्