‘प्रदेशको सुरक्षा अधिकार प्रदेश प्रहरीलाई नै दिनु पर्यो’
काठमाडौं, असार १० । संघीय संसदको राज्य व्यवस्था समितिको बैठकमा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बिधेयकमाथि छलफल भएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठमा सांसदहरुले प्रदेश प्रहरीको काम, कत्व्र्य र अधिकार तोकिनु पर्नेमा जोड दिएका छन् ।
सांसद नवराज सिलवालले समायोजन गर्न बनेको बिधेयक प्रकृया अगाडि बढाउन सुझाव दिए ।
सांसद रेखा शर्माले प्रदेश प्रहरीको संरचना नबनेको भन्दै प्रदेशको सुरक्षा अधिकार प्रदेश प्रहरीलाई दिनु पर्ने बताइन् ।
सांसदहरु दिलेन्द्रप्रसाद बडु, प्रेम सुवाललगायतले प्रदेश प्रहरी निर्माणको लागि पर्याप्त छलफल आवश्य रहेकोमा जोड दिए ।
बैठकमा गृह मन्त्री रामबहादुर थापाले प्रहरी ऐनलाई राजनीतिक ढंगबाट समाधान गर्न आवश्यक रहेकाले ऐन ल्याउन ढीलाई भएको बताए ।
उनले दरबन्दी निश्चित गर्ने गरी ऐनलाई अगाडि बढाइने पनि उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्