व्यवसायीलाई कालिदास संज्ञा दिए अध्यक्ष ढुङ्गानाले

काठमाडौं, ९ असार । बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले कालीदासको संज्ञा दिएका छन् ।

राजधानीमा आयोजित मौद्रिक नीति सम्बन्धि कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान र चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले बैंकहरुले कार्टेलिङ गरिरहेको आरोपलाई खण्डन गर्दै अधयक्ष ढुङ्गानाले यस्तो संज्ञा दिएका हुन् ।

उनले भने, ‘ऋणको ब्याज धेरै माथि जानु हुँदैन भनेर हामीले सामाजिक उत्तरदायित्व पालना गर्दै निक्षेपको ब्याजमा भद्र सहमति गरेका हौुं उनले भने, ुबिस्तारै ऋणको ब्याज घटिरहेको पनि छ । तर तपाईहरु कार्टेलिङ भन्नु हुन्छ । माफ गर्नु होला तपाईहरुलाई म कालीदास भन्न चाहन्छु किनभने तपाईहरु आफैं बसेको हाँगा काट्न थाल्नु भयो ।’

उनले बैंकहरुले कमाएको नाफाका बारेमा भ्रम रहेको समेत बताए । १०० अर्बको कारोबारमा बैंकहरुले १ अर्ब नाफा गरेका हुन् भन्दै उनले यसलाई भ्रामक हिसाबले प्रचार गरिएको आरोप लगाए । सबै व्यवसायी र बैंकर एक अर्काका परिपूरक समेत भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्