काठमाण्डौसहित देशको धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना: कुन ठाउँमा कस्तो ?
काठमाण्डौ , असार ९ । काठमाडौसहित देशको धेरैजसो ठाउँको मौसम सोमबार आशिंकदेखि सामान्य बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
सोमबार विषेशगरी पूर्वका केही ठाउँ, मध्य(पश्चिम र सुदूर(पश्चिमका केही ठाउँमा अलि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताए।
मनसुनी गतिविधि बढेका कारण पानी पर्ने सम्भावना रहेको उहाँको भनाई छ । तर आइतबार जस्तो भारी वर्षाको सम्भावना भने नभएको मौसमविद् अर्यालले बताए ।
सोमबार बेलुका भने देशको सबैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेकोउनले बताए । अबको १र२ दिनको मौसम यस्तै हुने छ ।
यसैबीच सोमबार पानी परेपछि देशका प्रमुख नदीहरुमा पानीको बहाब बढ्ने तर खतराको तह पार नगर्ने बाढी पुर्वानुमान महासाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्