मौद्रिक नीति ल्याउने चटारोमा नेपाल राष्ट्र बैंक, मौद्रिक नीति असार अन्तिममा
काठमाडौं, ८ असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति असारको अन्तिम साता आउने तयारी गरेको छ । यसको लागि राष्ट्र बैंकले हाल तथ्यांक तथा सुझाव संकलन तिब्ररुपमा गरिरहेको छ । यसको केहि प्राविधिक कारणले नीति आउन ढिलो भएको राष्ट्रबैंकले जनाएको छ ।
साधारणतया बजेट सार्वजनिक भएको एक महिनाभित्रै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने प्रावधान भएता केहि प्राविधिक कारणले ढिलाइ भएको छ । , गत वर्ष पनि राष्ट्र बैंकले मौद्रिक नीति केहि धिलाई गरेको थियो ।
राष्ट्र बैंकले ११ महिनाको समग्र आर्थिक अवस्थालाई विष्लेषण गरि मौद्रिक नीति ल्याउने भएकाले केही ढिलो हुने भएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए । बजेट आएको करिब एक महिना बित्नै लाग्दा केन्द्रीय बैंकले मौद्रिक नीतिको तयारी अन्तिम चरणमा र्पुयाएको उनले जानकारी दिए ।
प्रवक्ता निरौलाले मौद्रिक नीतिको केही तयारी अझै बाँकी रहेकाले मौद्रिक नीति आउन समय लाग्ने र राष्ट्र बैंकले सरोकारवालासँग सुझाव लिने क्रम जारी रोखेको बताए । केन्द्रीय बैंकले सरोकारवालालाई सार्वजनिक छलफलमा बोलाएर सुझाव पछि अन्तिममा मौद्रिक नीति सार्वजनिक हुने उनले बताए ।
मौद्रिक नीतिलाई बजेटसँगै सार्वजनिक भएको वित्तीय नीतिले लिएको आर्थिक वृद्धि र स्थिरताको लक्ष्य हासिल गर्न सहायक नीतिगत व्यवस्थाको रुपमा मानिन्छ । यसलाई आगामी आव.को मुद्रास्फिति सन्तुलनको औजार, तरलता, रोजगारी सिर्जना र वित्तीय स्थिरतासम्बन्धि राष्ट्रकै भावी रणनीतिका रुपमा लिने गरिन्छ ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा साढे आठ प्रतिशतको आर्थिक वृद्धिलाई सघाउ पुग्ने नीति ल्याउन लागिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । आयात नियन्त्रण गर्ने सरकारको कार्ययोजना अनुसार यसपालीको मौद्रिक नीतिमा केही सामग्री खरिदमा आवश्यक बैंकिङ प्रक्रियामा कडाइ गरिनेदेखि सरकारले गठन गरेको सुझाव कार्यदलको केही सुझाव कार्यन्वयन गर्ने औजार मौद्रिक नीतिमा समेटिनेछन् । नीतिमा बजेटमा उल्लेख भएको बिग मर्जरदेखि आन्तरिक ऋणपत्र उठाउने उपयुक्त विधि अपनाउने विषय पनि मौद्रिक नीतिमा समावेश हुनेछन् ।
















प्रतिक्रिया दिनुहोस्