लोकसेवाको विज्ञापन संविधानसम्मत : मन्त्री पण्डित
काठमाडौं, असार ८ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि निकालेको विज्ञापन संविधान तथा प्रचलित कानून बमोजिम भएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले , ‘स्वतन्त्र संवैधानिक आयोगको हिसाबले लोकसेवा आयोगले आफ्नो मुख्य जिम्मेवारी कानून सम्मत र निष्पक्षताका साथ पुरा गर्दछ भन्नेमा सरकारको विश्वास रहेको बताए ।
मन्त्री पण्डितले कर्मचारी नियुक्ति, सरुवा, बढुवा र पदास्थापन प्रचलित कानून बमोजिम भइरहेको बताए । ‘यसमा कुनै नातावाद, कृपावादको कुनै गुञ्जायस छैन’, उनले भने ।
लोकसेवाले स्थानीय तहका विभिन्न पदमा गरी ९ हजार १६१ जना कर्मचारी भर्नाका लागि निकालेको विज्ञापनसम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको छ ।
यसअघि राज्य व्यवस्था तथा सुशासन समितिले उक्त विज्ञापन रद्द गर्न आयोगलाई निर्देशन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्