आर्थिक स्तर वृद्धिमा रेमिटेन्सको महत्वपूर्ण भूमिकाः उपाध्यक्ष ढकाल

काठमाडौं । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष  चन्द्रप्रसाद ढकालले आर्थिक स्तर वृद्धिमा रेमिटेन्सको महत्वपूर्ण भूमिका रहको बताएका छन् । उनले  बागलुङमा धेरै पहिलादेखि नै रेमिटेन्स भित्रिंदै आएको र त्यहि रेमिटेन्सले आम बागलुङ् वासीको क्रयशक्तिपनि बढाएको बताएका छन् ।

यसरी प्राप्तहुँदै आएको रेमिटेन्सलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न हामी सबैको प्रयास आवश्यक पर्ने भन्दै सबै चरणका निर्वाचनपनि सम्पन्न भइसकेको र नेपालको सबै राजनीतिक नेतृत्व पनि आर्थिक विकासका मुद्दामा केन्द्रीत रहेकाले अव मुलुकको आर्थिक विकासले गति लिने अपेक्षा व्यक्त गरे ।

बागलुङ महोत्सव २०७४ लाई  ‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथाव्यापारको प्रवद्र्घन’भन्ने मूलनाराका साथ आयोजना गरिएको प्रदेश नम्बर ४ स्तरीय कृषि, पर्यटन, औधोगिक व्यापार मेला तथा बागलुङ महोत्सवलाई आइएमई ग्रुपले सह–प्रायोजन समेत गरेको थियो ।

कार्यक्रमलाइ सम्बोधनगर्दै अध्यक्ष ढकालले पर्यटन, लघुजलविद्युत र कृषि जस्ता क्षेत्रमाबागलुङको  अत्यन्तै सम्भावनाभएकाले आफु र आफु सम्बद्ध संस्थाहरु बागलुङको आर्थिक विकासमा सबैसँग सहकार्य गरि अगाडी बढ्न तयार रहेको जानकारी दिए ।

गैर आवासीय नेपाली संघका अध्यक्ष भवनभट्टले उद्घाटन गर्नुभएको उक्तमहोत्सवको उद्घाटन सत्रलाई माननीय देबेन्द्र पौडेल र डा. सूर्य पाठक लागायत स्थानीय उधोगी ब्यवसायी र राजनीतिक दलका प्रतिनिधिहरुले  सम्बोधन गरेका थिए ।

विक्रम सम्बत् २०६४ मा स्थापितआइएमई ग्रुपव्यवसायीक संस्थाहो । यसले रेमिटेन्स, बैंक तथा वित्तीय संस्था, इन्स्युरेन्स, पर्यटन, जलविधुत, अटोमोबाइल, सूचना–प्रविधि, ट्राभल्स एण्ड टुर्स र ब्यापारका अन्यक्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको  आईएमई ग्रुपले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्