यौनहिंसा निरुत्साहित गर्न स्टिङ अपरेसन, सार्वजनिक गाडीमा आजदेखि प्रहरी परिचालन

१७ पौष, काठमाण्डौं । यौनजन्य हिंसा निरुत्साहित गर्न काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक गाडीमा सोमबारदेखि सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ ।

सेफ्टी पिन क्याम्पेन अन्र्तगत स्टिङ अपरेसनको रुपमा २० वटा टोलीमा सादा पोशाक प्रहरी सार्वजनिक गाडीमा परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानिपोखरीमा रहेको महिला सेल शाखाले जनाएको छ ।

भक्तपुर, ललितपुर र काठमाडौँमा चल्ने गाडीमा बिहान ९ देखि १२ बजेसम्म र दिउँसो ३ देखि ६ वजेसम्म प्रहरी परिचालन गरिएको महिला सेलकी प्रहरी नायव निरीक्षक सुष्मा कठायतले जानकारी दिए।

यसका साथै महिला तथा बालबालिकामाथि यौनजन्य हिंसा भएको देखेमा प्रहरीको हटलाइन नम्बर १०० र ९८५१२८९१११ मा जानकारी गराइदिन समेत महिला सेलले अनुरोध गरेको छ । प्रहरीले विगतमा पनि सेफ्टी पिन क्याम्पेन सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्