अध्यक्ष थापा र मन्त्री गिरीबिच विवाद उत्कर्षमा,पार्टी फुटको संघारमा

काठमाडौं । कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि फुटको संघारमा पुगेको छ ।

राप्रपा अध्यक्ष कमल थापाको आग्रहमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी विकास मन्त्री दिलनाथ गिरीलाई पदबाट बर्खास्त गरेपछि राप्रपा फुटको संघारमा पुगेको हो ।
मन्त्रिपरिषद् बैठकमा सचिव सरुवाका विषयमा अध्यक्ष थापा र मन्त्री गिरी बिच विवाद भएपछि थापाकै आग्रहमा प्रधानमन्त्रीले मन्त्री गिरीलाई बर्खास्त गरेको हो ।

राप्रपा अध्यक्षसमेत रहेका थापाले गिरीलाई हटाउन गएको शुक्रबार नै प्रधानमन्त्रीलाई पत्र बुझाएका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गिरीले समाल्दै आएको सहरी विकास मन्त्रालयको जिम्मेवारी थापाकै आग्रहमा उनलाई नै दिइएको छ ।

यता, गिरीले आर्थिक अनियमितताको चलखेलका लागि थापाले आफूलाई हटाउन सिफारिस गरेको आरोप लगाएका छन् । सहरी विकास मन्त्रालयमा सम्बन्धित क्षेत्रको विज्ञको रुपमा रहेका व्यक्तिलाई ल्याउन खोज्दा थापाले आफूलाई हटाएको मन्त्री गिरीके आरोप छ। यसरी प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव देखि नै अध्यक्ष थापा र गिरी बिच विवाद पैदा हुदे आएको थियो। यस विवादको उत्कर्षमा लिदै जादा राप्रपा फेरी पुन विभाजित हुने निश्चित प्रायः छ ।
मन्त्री गिरी पार्टी प्रवक्ता समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्