कमल थापाको आग्रहपछि देउवाले गरे मन्त्री गिरीलाई बर्खास्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी विकास मन्त्री दिलनाथ गिरीलाई पदबाट बर्खास्त गरेका छन्। उपप्रधानमन्त्री कमल थापासंग मन्त्रिपरिषद् बैठकमा सचिव सरुवाका विषयमा विवाद भएपछि थापाकै आग्रहमा प्रधानमन्त्रीले मन्त्री गिरीलाई बर्खास्त गरेका हुन ।

राप्रपा अध्यक्षसमेत रहेका थापाले गिरीलाई हटाउन गएको शुक्रबार नै प्रधानमन्त्रीलाई पत्र बुझाएका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गिरीले समाल्दै आएको सहरी विकास मन्त्रालयको जिम्मेवारी थापाकै आग्रहमा उनलाई नै दिइएको छ ।

यता, गिरीले आर्थिक अनियमितताको चलखेलका लागि थापाले आफूलाई हटाउन सिफारिस गरेको आरोप लगाएका छन् । सहरी विकास मन्त्रालयमा सम्बन्धित क्षेत्रको विज्ञको रुपमा रहेका व्यक्तिलाई ल्याउन खोज्दा थापाले आफूलाई हटाएको गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्