सरकारको लक्ष्य अधुरैः अझै पुगेन २८ स्थानीय तहमा बैंक !

काठमाडौं, आसार ५ । अझै पनि २८ स्थानीय तहमा बैंक पुग्न सकेको छैन । अझैपनि वाणिज्य बैंकहरुको शाखा २८ वटा स्थानीय तहमा पुग्न नसकेको हो ।

७५३ स्थानीय तहमध्ये हालसम्म ७२५ स्थानीय तहमा मात्रै बाणिज्य बैंकको शाखा पुगिसकेको छ । सरकारले सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउने लक्ष्य लिएको २ वर्षमा अझै पनि सबै स्थानीय तहमा बाणिज्य बैंक पुग्न सकेको छैन ।

प्रदेश १ को ३ वटा स्थानीय तहमा बाणिज्य बैंकको शाखा अझै पुग्न सकेको छैन । यहाँ १३७ स्थानीय तह छन् । यस्तै १३६ वटा स्थानीय तह भएको प्रदेश २ मा १३४ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । ११९ स्थानीय तह भएको प्रदेश ३ मा दुइ स्थानीय तहमा बैंक छैन ।

गण्डकी प्रदेशमा पनि दुई स्थानीय तहमा बैंकको शाखा छैन । यस प्रदेशमा ८५ वटा स्थानीय तहमध्ये ८३ स्थानीय तहमा बैंकको शाखा पुगेको छ । प्रदेश पाँँचको भने सबै स्थानीय तहमा बैंक पुगेको छ । यहाँ ११९ स्थानीय तह छन् ।

यता ७९ वटा स्थानीय तह भएको कर्णाली प्रदेशमा १२ स्थानीय तहमा बैंक छैन । सुदुरपश्चिम प्रदेशमा ६ वटा स्थानीय तहमा वाणिज्य बैंकको शाखा छैन । यस प्रदेशमा ८८ वटा स्थानीय तह छन् ।

प्रतिक्रिया दिनुहोस्