नेपालमा भित्रियो यस वर्षको मनसुन: गण्डकी, कर्णाली र सुदूरपश्चिममा औसतभन्दा बढी पानी पर्ने सम्भावना
काठमाडौँ । यस वर्षको मनसुन नेपालमा भित्रिएको छ । गत वर्षको तुलनामा यसपटक ११ दिन ढिलोगरी मनसुन सुरु भएको हो । पूर्वी भेगबाट मनसुन भित्रिएको भए पनि औपचारिक घोषणा भने अझै गरिएको छैन ।
मनसुनी हावाको प्रभाव पूर्वी भेगदेखि देशका मध्य भेगसम्म देखिन थालेको मौसमविद्हरूको भनाइ छ ।
गत वर्ष जेठ २५ मै नेपालमा मनसुन सुरु भएको थियो । मेघगर्जन र हावाहुरी नभई स्थिर खालको पानी पर्न थालेपछि मनसुन सुरु भएको मानिन्छ ।
गएरातिदेखि नै पूर्वी भेगदेखि काठमाडौं उपत्यकासहित मध्य भागमा यो खालको वर्षा शुरु भएको हो ।
यो वर्ष मनसुन अवधिमा प्रदेश १, २, ३ र ५ मा औसत भन्दा कम वर्षा हुने अनुमान गरिएको छ । गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा भने यो वर्ष औसतभन्दा बढी पानी पर्ने सम्भावना रहेको छ ।
बिहीबार सबैजसो भागको मौसम आंशिकदेखि सामान्य बदली भई पूर्वी भेगका अधिकांस स्थान र मध्य तथा पश्चिमका केही स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
समयमै मनसुन नभित्रीदा उपत्यकासहित देशैभर गर्मी बढेको छ । तराइका जिल्लाको जनजिवन झन कष्टकर बन्दै जान थालेको छ । गर्मीले बिरामीको संख्या पनि बढेको छ ।
अत्याधिक गर्मीका कारण त्यहाँको माहोल पनि सुनसान जस्तै बनेको छ । अब भने मनसुन सुरु हुन सुदुरपश्चिमा एक साता लाग्ने अनुमान गरिउको छ ।
यस पछि भने त्यहाँका स्थानीयले केहि राहात पाउने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्