सरकारले विकासका लागि आवश्यक वातावरण बनाउन नसकेको सत्तारुढ सांसदकै आरोप

काठमाडौँ , असार ३ । सरकारले विकासका लागि आवश्यक वातावरण नबनाएको सत्तारुढदलकै सांसदहरुले आरोप लगाएका छन् ।

उनीहरुले सरकारले विकास, निर्माणको कामलाई अघि बढाउने गरी आवश्यक वातावरण मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बुधबारको बैठकमा सत्तारुढ नेकपाका सांसदद्धय टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीले सरकारले विकास निर्माणको कामलाई अघि बढाउने गरी निर्माण सामग्रीको व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

बैठकमा सत्तारुढ नेकपाका सांसदद्धय टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीले सरकारले विकास निर्माणको कामलाई अघि बढाउने गरी निर्माण सामग्रीको व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

सांसद चौधरीले गिटी, ढुंगा र बालुवा जेष्ठ मसान्तसम्म मात्रै झिक्न पाउने व्यवस्थाका कारण असारमा गर्नुपर्ने थुपै्र विकास, निर्माणको कामहरु अलपत्र परेको भन्दै सरकारको आलोचना गरे ।

असारमा पनि गिटी, ढुंगा र बालुवा झिक्न पाउने व्यवस्था सरकारले नमिलाएकै कारण असारमा गर्नुपर्ने विकास, निर्माणको कामले गति लिन नसकेको उनको भनाई छ ।

नेकपाकै अर्का सांसद टोपबहादुर रायमाझीले विकास र समृद्धि मुलुकको लक्ष्य भएकाले सोही अनुसारको वातावरण बनाउन सरकारसँग माग गरे ।

उनले गिटी, बालुवा र ढुंगा मापदण्ड पूरा गरेका खोलाहरुबाट असारमा पनि निकाल्न मिल्ने गरी कानूनी व्यवस्था गर्न ढिलाई नगर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

असारमा गिटी, बालुवा र ढुंगा निकाल्न नपाउने कानुनी व्यवस्थाका कारण कतिपय ठूलो आयोजनाहरुको काम पनि अघि बढन नसकेको रायमाझीको भनाई थियो ।

सांसद रायमाझीले गिटी, ढुंगा र बालुवा उत्खननको काम जथाभावी नगराउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । बैठकमा समितिकी सभापति कल्याणी खड्काले विकास, निर्माणको कामलाई तीव्रता दिन सरकारलाई सचेत गराए ।

उनले क्षमता नै नभएका ठेकेदार कम्पनीलाई कामको जिम्मा दिने गरेकाले विकास, निर्माणको काममा ढिलाई हुने गरेको उल्लेख गर्दै त्यसो नगर्न पनि सरकारलाई निर्देशन दिए ।

संघीय संसदको विकास तथा प्रविधि समितिले विकास, निर्माणको कामलाई तोकिएकै समयमा गुणस्तरीय ढंगबाट सम्पन्न गराउन पनि सरकारलाई पटक–पटक निर्देशन दिँदै आएको छ ।

निर्देशन दिए पनि सरकराले विकास, निर्माणको कामलाई तोकिएकै समयमा सम्पन्न भने गर्न सकेको छैनन् ।

यति बेला विकासका निमार्णमा भन्दा पनि सरकार बोल्न मै सिमित रहेको छ ।


सरकारले जनताले सोचे अनुसारको काम गर्न सकेको छैन् । विकास, निर्माणको कामलाई तीव्रता दिन सरकारलाई सचेत गराए पनि सरकारले वेवास्ता जस्तै गरेको नागरिकको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्