काठमाडौं भ्यु टावर नबन्ने निश्चित, भाडा तिर्न नसक्दा उपकरण समेत फिर्ता लग्यो

काठमाडौं, ४ असार । काठमाडौं भ्यू टावर जलेश्वर स्वच्छन्द विकोई विल्डर्सले बनाउन नसक्ने पक्कापक्की भएको छ । २०७१ फागनु २२ गते टेन्डर पाएको थियो ।

महानगरपालिका ३० वर्षे लिजमा लिई विल्डर्सले पाँच वर्षमा निर्माण सम्पन्न गर्ने भनिएको थियो । तर चार विर्ष बितीसक्दा पनि डिपिसि समेत सकिएको छैन ।
स्वछन्द बिकोईले भ्यूटावर बनाउनका लागि विभिन्न उपकरणहरु भाडामा ल्याएको थियो । निर्माण कम्पनी बिकोईल ल्याएका उपकरणहरूको भाडा रकम समेत तिर्न नसक्ने अवस्थामा पुगेको छ ।

स्थानीयको विरोधका कारण तत्कालिन मन्त्री प्रकाशनमान सिंह उदघाटन गर्न नगएपछि विल्डर्सले उपराष्ट्रपति नन्दबहादुर पुनलाई शिलन्यास गर्न लगाएका थिए ।
पुरानो बसपार्क खुलामञ्चमा सारेर बनाउन थालिएको काठमाडौं भ्यू टावर निर्माणमा अन्योल छाएको छ । ठेकेदार कम्पनी बिकोई प्रालि आर्थिक संकटमा फसेका कारण भ्यूटावर निर्माणमा अन्योल भएको हो । ७ अर्ब ६४ करोड रुपैयाँ लागतमा बन्ने भनिएको लागेको ३२ तले भ्यूटावर निर्माणको कार्य जलेश्वर, स्वच्छन्द र विकोई बिल्डर्सले लिएको हो ।

भाडा वापत पाउनु पर्ने रकम पनि नदिएको र आफ्ना सामानसमेत फिर्ता नगरेपछि उपकरणको साहु कम्पनीले सबै उपकरण लैजान शुरु गरेको छ । महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानेन्द्र कार्कीले केहि दिन अघि भ्यूटावर निर्माण गर्ने जिम्मा पाएको कम्पनीले उपकरणको भाडा नतिरेको भन्दै उजुरी प्राप्त भएको जानकारी दिए ।

भाडा रकम समेत तिर्न नसकेर कम्पनीका अध्यक्ष मनोजकुमार भेटवाल भने सम्पर्क बिहिन भएको बताईएको छ । भेटवाल अहिले सम्पर्कमा नरहेको सोही वडाका अध्यक्ष भाईराम खड्गीले जानकारी बताए ।

जलेश्वर स्वच्छन्द बिकोई प्रालिका अध्यक्ष मनोजकुमार भेटवालले सामान लिन आएको टोली केही दिनमा पैसा पाउने आशमा फर्किएको उनले बताए । ‘दुई ट्रक प्रहरी सामान लिन आएका थिए’ अध्यक्ष खड्गीले भने, ‘तर सामान लगिएको छैन, केहि दिनमा पैसा तिर्ने भन्ने सहमति भयो भन्ने सुनेको छु ।’

उनले भ्यूटावरको काम पनि अगाडि नबढेको बताए । ट्याक–ट्याक टुक–टुक पारेको सुने पनि कुनै त्यस्तो काम नदेखिएको अध्यक्ष खड्गीले बताए ।

उता महानगरका सार्वजनिक निजी साझेदारी प्रमुख महेश काफ्ले भने ठेकेदार सम्पर्कमै रहेको दावी गरेका छन् । मंगलबार दिउँसोमात्रै पनि भेट भएको भन्दै उनले भने, ‘सम्पर्कमा छैनन भन्ने कुरा नै गलत हो, भोलि कति बजे भन्नुहुन्छ तपाईलाई भेटाइदिन्छु ।’

उपकरण लान खोजिएको विषय भने काफ्लेले स्विकारे । भाडामा ल्याएका उपकरणहरु फिर्ता गर्न लागिएको हुनसक्ने उनले बताए ।

२०६८ असार २६ गते काठमाडौं महानगरपालिका नगरपरिषद्ले २३ रोपनी ५ आना ३ दाम १ पैसामा सार्वजनिक निजी साझेदारी मोडलमा टावर निर्माण गर्ने निर्णय गरेको थियो । कम्पनीले भ्यु टावर निर्माण गर्न नसक्ने करिब करिब निश्चित भएको ।

प्रतिक्रिया दिनुहोस्