कर्णाली नदीमा जीप खस्दा बेपत्ता भएका १० जनाको पहिचान खुल्यो, नदीको बहावले खोजी कार्यमा समस्या
काठमाडौं असार ३ । कर्णाली नदीमा जीप खस्दा बेपत्ता भएका १० जनाको पहिचान खुलेको छ । हुम्लाको खार्पुनाथमा गाउँपालिकाकामा जिप दुर्घटना परी बेपत्ता भएकाको पहिचान खुलेको हो ।
दुर्घटनामा परी खार्पुनाथ गाउँपालिका उपाध्यक्षसहित १० जना बेपत्ता भएका छन् । प्रहरी र सेनाको टोली उद्धार गर्न खटिएपनि अहिलेसम्म जिप समेत फेला पार्न सकेका छैन ।
मंगलबार दिउँसो तल्लो खार्पुनाथबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र जाने क्रममा दुर्घटना भएको थियो। दुर्घटनामा परी खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमाल, उनका भाई चन्द्र हमाल, गाडीका चालक मणि शाही, ढुकु भण्डारी नामले चिनने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह र गोकुल सुनार दुर्घटनामा परी बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालयले पुष्टि गरेको छ।
यसैगरी खार्पुनाथ गाउँपालिका(१ की कौर कामी र उनका २ वर्षका छोरा समेत दुर्घटनामा बेपत्ता भएका छन्। दुर्घटनामा गाडीको वेल्डिङ गर्न गएका एक जना मिस्त्री समेत परेका छन्। उनको नाम खुलेको छैन।
प्रहरी र नेपाली सेनाको टोलीले नदीमा ४ घन्टासम्म खोजे पनि जिप फैला परेको छैन । दुर्घटना भएको ठाउँ एकदमै विकट छ ।
कर्णाली नदीको बहावले खोजी कार्यमा समस्या भएको छ हुम्लाका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले भने, अहिलेसम्म हामीले जिप नै पत्ता लगाउन सकेका छैनौं ।
तल्लो खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि छुटेको लु १ ज ७१६६ नम्बरको जिप बेडुबिसौना भन्ने ठाउँमा पुग्दा दुर्घटना भएको थियो ।
मंगलबार दिउँसो १२ बजेर १४ मिनेटमा दुर्घटना जिप भएर कर्णाली नदीमा खसेको थियो । घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्