कसैले विरोध गर्दैमा लोकसेवाको विज्ञापन फिर्ता हुँदैनः मन्त्री पण्डित
काठमाडौं, असार ३ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कसैले विरोध गर्दैमा लोलसेवा आयोगको विज्ञापन फिर्ता नलिने बताएका छन् ।
उनले संसदको राज्य व्यवस्था तथा सुशासन समिति कानुन विपरीत गएर विज्ञापन रद्ध गर्ने निर्देशन दिएको दाबी समेत गरेका छन् ।
मन्त्री पण्डितले आवश्यकतालाई ध्यानमा राखेर संविधानअनुसार विज्ञापन गरेका कारण यसमा राजनीति गर्नुको कुनै अर्थ नरहेको समेत बताए ।
विद्यार्थीमाथि प्रहरीको लाठी
यता लोकसेवा आयोगको फारम भर्न नपाएको भन्दै प्रदर्शनमा उत्रिएका विद्याथीमाथि प्रहरीले लाठीचार्ज गर्दा एक विद्यार्थी बेहोस भएकी छन् ।
लोकसेवाको आयोगको फारम भर्ने सर्भरमा समस्या देखिएपछि फारम भर्न नपाएको भन्दै विद्यार्थीहरूले आन्दोलन गरेका हुन् ।
आन्दोलित विद्यार्थीहरूमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको कुटाईबाट एक विद्यार्थी बेहोस भएकी छन् भने दुई जना पक्राउ परेका थिए । पक्राउका हरुलाई आधा घण्टापछि प्रहरीले विना सर्त रिहा गरेको छ ।
महिला विद्यार्थीमाथि पुरुष प्रहरीले नै हातपात गरेको भन्दै विद्यार्थीहरूले प्रहरीविरुद्ध नारबाजि समेत गरे ।
आफ्नो क्षमताले देखाएर जागिर खान आउँदा प्रहरीको लाठी खान परेको समेत विद्यार्थीहरुले गुनासो गरेका छन् ।
हिजो सोमबार पनि लोकसेवा आयगले सर्भरले काम नगरेको भन्दै आवेदन फारम भर्न आएका विद्यार्थीहरुलाई आश्वासन दिएर फर्काएको उनीहरुले बताए ।
प्रतिक्रिया दिनुहोस्