प्रदेश –२ : सामुदायिक विद्यालयका छात्राले अब मासिक ५ सय छात्रवृत्ति पाउने

काठमाडौं, असार २ । प्रदेश २ का सामुदायिक विद्यालयका छात्राहरुले मासिक ५ सय रुपैयाँ छात्रवृत्ति पाउने भएका छन्।

आइतबार सार्वजनिक भएको प्रदेश दुईको आगामी वर्षको बजेतमा उक्त व्यवस्था गरिएको हो।


सामुदायिक विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत आर्थिक रुपले विपन्न, दलित एवं मुस्लिम छात्राहरुलाई मासिक ५ सय रुपैयाँका दरले विशेष छात्रवृत्तिको व्यवस्था गरिएको हो।

यसकालागि नेपाल सरकारको अनुदानबाट सञ्चालन हुने कार्यक्रमका लागि ४८ करोड रुपैयाँ विनियोजन गरिएको छ।

यसैगरि प्रदेश दुईका आठवटै जिल्लामा एकरएक वटा सामुदायीक विद्यालय छनोट गरी नुमुना प्रदेशिक विद्यालयको रुपमा विकास गर्न प्रदेश सरकारले ६ करोड ७१ लाख २३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।

साथै आगामी आर्थिक वर्षमा प्रत्येक निर्वाचन क्षेत्रमा एक सामुदायिक विद्यालयलाई प्राविधिक विद्यालयको रुपमा स्तरोन्ती र सञ्चालन गर्न १६ करोड बजेट छुट्याइएको छ।

यसरी छात्राले मासिक ५ सय छात्रवृत्ति पाउने भएपछि उनीहरु खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्