ह्वात्तै गर्मी बढ्दा जनजीवन अस्तव्यस्त, सोमबारदेखि घट्ने: मौसमविद्

काठमाण्डौ, २ आसार । एक सातासम्म पानी नपर्दा ह्वात्तै गर्मी बढेको छ । केही दिनदेखि बढिरहेको गर्मीका कारण तराई क्षेत्रको जनजीवन भने प्रभावित भएको छ । गर्मीका कारण तराईका जिल्लाहरुमा स्कूल समेत बन्द गरेको । एक साता ढेको तापक्रम सोमबारदेखि भने केही मात्रामा घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार देशको धेरैजसो पहाडी भेगमा बेलुकीपख हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएको छ । महाशाखाका मौसमविद् मिनकुमार अर्यालले भने, ‘बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभावका कारण सोमबार बिहानैदेखि पूर्वी भेगमा बदली भइरहेको छ र यो क्रम रातिसम्म नै रहन्छ । बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले नै पहाडी र हिमाली भेगको मौसम दिनभर आशिंकदेखि सामान्य बद्ली भई बेलुकीपख पानी पर्ने सम्भावना रहेको छ ।’

बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभाव सुदूरपश्चिम क्षेत्रमा नपरे पनि पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावना भने रहेको उहाँले बताउनुभयो । अझै एक दुई दिनको मौसम यस्तै रहने पनि उहाँको भनाइ छ । तराइमा भने सोमबार पनि हिजोअस्ती जस्तै गर्मी हुने सम्भावना रहेको मौसमविद् अर्यालले बताउनुभयो । गर्मी बढेपछि तराइका धेरै ठाउँमा विद्यालय बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्