प्रदेश १ ले सार्वजनिक गर्‍यो ४२ अर्ब २० करोडको बजेट

काठमाडौं, असार १ । प्रदेश १ ले ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

आइतबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आर्थिक वर्ष २०७६र७७ का लागि यो आकारको बजेट सार्वजनिक गरेका हुन्।

बजेटको प्राथमिकतामा मा कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार परेको छ।

प्रतिक्रिया दिनुहोस्