कर्णाली प्रदेशले सार्वजनिक गर्योे ३४ अर्ब ३५ करोड बराबरको बजेट
काठमाडौं, असार १ । कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७६(७७ को बजेट सार्वजनिक विनियोजन गरको हो ।
प्रदेश बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।
चालुतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पूँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार विनियोजन गरिएको छ ।
कर्णाली प्रदेशले आगामी पुसभित्र कर्णाली लगानी सम्मेलन मनाउने घोषणा गरेको छ।
बजेटमार्फत कर्णाली लगानी विकास कोषमा ३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। बजेटमार्फत वातावरण संरक्षणका लागि एक भोट एक बोट कार्यक्रम अघि सारिएको छ।
प्रतिक्रिया दिनुहोस्