लोकसेवा आयोगका अध्यक्ष मैनाली भन्छन् – युवाहरुको विश्वासलाई गुम्न नदिन आयोग सचेत छ

काठमाडौं, असार १ । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक व्यवस्थालाई आयोगले पूर्ण कार्यान्वयन गरिरहेको बताएका छन् ।

अध्यक्ष मैनालीले प्रदेश लोकसेवा आयोगको गठन छिटोभन्दा छिटो होस् भन्ने अपेक्षा गरिएको पनि स्पष्ट पारे ।

आयोगको ६९ औँ वार्षिकोत्सवको अवसर पारेर आइतबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा उनले प्रदेश लोक सेवा आयोग गठन छिटोहोस् भनेर आयोगले अभ्यास गरिरहेको सिद्धान्त, आधार र मापदण्डसम्बन्धी जानकारी संसदीय समितिमा पनि पेश गरिएको जानकारी पनि दिए ।

अध्यक्ष मैनालीले आयोगले आफ्नो कामलाई नागरिकको नजरबाट मूल्यांकन गर्दै अघि बढाएको दावी पनि गरे । साथै उनले नागरिकहरु र विशेष गरी युवाहरुको विश्वासलाई गुम्न नदिन आयोग सचेत रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्