थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माण असोजबाट , निमार्ण कम्पनी छनोट प्रक्रिया अन्तिम चरणमा
काठमाडौँ, असार १। थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माण असोजबाट सुरु हुने भएको छ ।
थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणको शिलान्यास असारभित्रमा हुने भएपछि निमार्ण असोजबाट सुरु हुने भएको हो ।
थानकोटको नागढुङ्गाबाट धादिङको सिस्नेखोला निस्कने सो सुरुङमार्ग निर्माणका लागि निर्माण कम्पनी छनोट प्रक्रिया अन्तिम चरणमा रहेको सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुणजङ्ग थापाले बताएका छन् ।
‘असारको पहिलो हप्तासम्म निर्माण कम्पनी छनोट भई असारभित्रमा शिलान्यास गरिने छ,’ उनले भने । महाशाखले सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेन्डर (बोलपत्र) आह्वान गरेको थियो ।
अहिले अह्वान अनुसार निवेदन दिएका निर्माण कम्पनीहरूले पेस गरेका प्रस्तावहरुको मूल्याङ्न कार्य भइरहेको छ ।
महाशाखा प्रमुख थापाले असारको पहिलो हप्तासम्म बोलपत्र मूल्याङ्कनको प्रतिवेदन आउने बताए ।
अहिले जापानी परामर्शदाता कम्पनीबाट बोलपत्र मूल्याङ्कन भइरहेको जानकारी समेत उनले जानकारि दिए ।
प्रतिक्रिया दिनुहोस्