नेपाल – भारतबीचको विद्युत व्यापारः निर्माणाधीन ढल्केबर सबस्टेसन पुसभित्रै संचालनमा आउने
काठमाडौं, असार १ । ४०० केभी ढल्केबर सबस्टेसन पुसभित्रै सञ्चालनमा आउने भएको छ । धनुषामा निर्माणाधीन रहेको ४०० केभीको ढल्केबर सबस्टेसन आगामी पुसभित्र (डिसेम्बर २०१९) सञ्चालनमा आउने भएको हो ।
सरकारले बजेट माफर्त पनि आगामी आर्थिक वर्षभित्रमा ४०० / २२० केभीको ढल्केबर सबस्टेसन निमार्ण सक्पन्न गरी सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ ।
४००-२२० केभीको सबस्टेसन सञ्चालनमा आएपछि नेपाल र भारतबीच नौ सय मेगावाट विद्युत आयात–निर्यातका लागि पूर्वाधार तयार हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।
‘ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइन यस अघि नै निर्माण सम्पन्न भई अहिले २२० केभीमा सञ्चालनमा छ, ढल्केबरमा ४००र२२० केभी सबस्टेसनको निर्माण सकिएपछि ठूलो क्षमताका प्रसारण लाइनमार्फत दुई मुलुकबीच विद्युत् आदानप्रदान गर्न सकिने छ, यसबाट अन्तरदेशीय विद्युत् व्यापार थप सहज बन्ने छ’,उनले भने।
उनी भन्छ्न्( ‘४५६ मेगावाटको माथिल्लो तामाकोसीको निर्माण सम्पन्न भएपछि नेपालमा वर्षायाममा विद्युत बढी हुन गएको खण्डमा भारत निर्यात गर्नका साथै दुई मुलुकबीच इनर्जी बैंकिङ गर्न समेत बाटो खुल्ने छ।’
ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनलाई २२० केभीमा चार्ज गरी भारतबाट पिक समयमा दैनिक २२० मेगावाटसम्म विद्युत आयात भइरहेको छ।
अन्य विन्दुको तुलनामा मुजफ्फपुरबाट आयात हुने विद्युत्को मूल्य सस्तो छ। ढल्केबरमा २२०र१३२ केभी सबस्टेसन पनि सञ्चालित छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीले शनिबार सबस्टेसन निर्माण प्रगतिको स्थलगत निरीक्षण गरी निर्धा्रित समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन्।
घिसिङले यो सबस्टेसन सरकारको उच्च प्राथमिकताको आयोजना भएकाले कुनै पनि बहानामा निर्माणमा ढिलाइ नगर्न निर्देशन दिए।
सबस्टेसन निर्माणको ठेक्का पाएको भारतीय कम्पनी एबीबीले ठेक्का सम्झौतामा निर्धा्रित समय अर्थात ३१ डिसेम्बर २०१९ भित्र सबस्टेसनको काम सकी चार्ज गर्ने प्रतिबद्धता जनाएको छ।
सबस्टेसनको इन्जिनियरिङको ९५ प्रतिशत, उपकरण उत्पादन तथा आपूर्तिको ६० प्रतिशत र जडान तथा सिभिल कार्यको प्रगति ४० प्रतिशत छ।
प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि ८ डिसेम्बर २०१७ मा ठेक्का सम्झौता भएको थियो। प्राधिकरणले मकवानपुरको हेटौडा र सुनसरीको इनरुवामा पनि ४००/२२० केभीको सबस्टेसन निर्माण गरिरहेको छ।
उत्पादित विद्युतको आन्तरिक खपत एवं द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवर्द्धनका लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरुको विस्तार तथा सुदृढीकरण गरिएको हो।
मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारको उद्देश्यकासाथ स्वदेशी लगानीमा निर्माणाधीन ४००र२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो ।
प्रतिक्रिया दिनुहोस्